समाचारहरु NEWS

पशुपती फाउन्डेशनद्वारा राजदुत डा. शर्मा सम्मानित

Published by Hamrosamaj on March 7, 2010

पशुपती फाउन्डेशन -यू एस एद्वारा राजदुत डा. शर्मा सम्मानित

६ मार्च, २०१०

गोकुल ढकाल

लस एन्जलस –अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत महामहिम डा. शंकर प्रसाद शर्मालाई क्यालिफोर्निया राज्यको लस एन्जलस स्थित श्री पशुपती पशुपती फाउन्डेशन, यू एस ए ले सम्मान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

क्यालिफोर्निया राज्यमा आयोजित बिभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका महामहिम राजदुत डा. शर्मालाई सात समुन्द्र पारीको देश अमेरिकामा पशुपती मन्दिर, बुद्ध स्तुप, सामुदायिक भवन निर्माणको दश बर्शे योजना लिएर स्थापित श्री पशुपति फाउन्डेशन, यू एस ए ले आज सम्मान कर्यक्रमको आयोजना गरेको हो ।

फाउन्डेशनका कोशाध्यक्ष पुन्नाखर “ॠशी” ढकालको एल मोन्टे स्थित निवासमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै राजदुत डा. शर्माले मन्दिर निर्माण लगायतका सामुदायिक बिकास निर्माणका यस्ता कार्यमा दुतावासले यथासक्य सहयोग गर्ने आश्वाशन दिलाउनुभयो ।

फाउन्डेशनका अध्यक्ष भक्त थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ए एन एस, क्यालिफोर्नियाका संस्थापक अध्यक्ष बेदभक्त जोशी, इन्जिनीयर कन्हैया कायस्थ, फाउन्डेशनका कोशाध्यक्ष पुन्नाखर “ॠशि” ढकाल, उपाध्यक्ष शिव अधिकारि, गोकुल पौडेल र महासचिब प्रेम गुरागाइंले संस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।

यसैबिच राजदुत डा. शर्मा फ्रेन्ड्स अफ नेपाल, लस एन्जलसद्दारा आयोजित प्रख्यात कलाकार मनोज गजुरेलको हास्य कार्यक्रममा प्रमुख अतिथीको रुपमा सरिक हुनुभयो ।

संस्थाका सभापति डा. शम्भु ढुंगानाको सभापतित्वमा सम्पन्न गजुरेलको एकल हास्य कार्यक्रममा उनले समसामयिक राजनीति र जनचेतनाका बिषयहरुलाई हास्यात्माक खुंराकको पाराले प्रस्तुत गरेका थिए ।

Related Posts

  1. लसन्जेलेसमा नबनियुक्त राजदुत डा. शंकर शर्माको स्वागत
  2. एनआरएन यूएईद्वारा साहित्यिक श्रस्टा सम्मानित,
  3. वोष्टनमा साहित्यकार कृष्णप्रसाद पराजुली सम्मानित
  4. चलाऊँ देश बचाऊ अभियान -ताराश्वर शर्मा (करुण)
  5. NRN, युएइद्धारा दुइ राजनीतिक ब्यक्तित्व सम्मानित
  6. अमेरिकामा पशुपती मन्दिर निर्माणको लागि भेला सम्पन्न
  7. विश्व वैंकको तस्वीर प्रदर्शनीमा नेपाली राजदूत डा. शर्मा
  8. रक्तदाता मैनाली सम्मानित

Install the ratings plugin

Popularity:
204 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.