साहित्य(कबिता, कथा, लेख) NEWS

एतिहासिक नारी दिवशको महान चाडमा

Published by on March 7, 2010

एतिहासिक नारी बिस्व ८ मार्च दिवशको महान चाडमा

“त्यसैले नारी एक घर समाजको पहिलो पाठसाला हुन्
अनि नारीलाई घृणा होइन सम्मान गर्नु सिक्नु पर्छ!!”

नारीलाई पाखा नभई नारीलाई काखा दिनु पर्छ|
सम्पूर्ण नारी फेस बुक का मित्र नारी मित्रहरु नारीको सम्मान गर्ने पुरुष मित्रहरु मेरो नमस्कार छ |

कविता-यहाँ ,,,,,,

पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा
नारी जिवन अभिषाप हैन न त हो श्राप नै!!
उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन
न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै!!

हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ
नारीको एउटा गल्ती तैरिएर छछल्किन्छ छाल झैं!!
खुशी सुख यहाँ सबै अरुलाई नै लुटाएर
नारी त्यो डुबीरहन्छे सधैं-सधैं आँशुको ताल मै!!

जति गुञ्जिएपनि नारी बेदनाका क्रन्दनहरु यहाँ
कानमा तेल हाली आँखामा कालो पट्टि लाउँछ दुनियाँ!!
त्यसैले त यहाँ हरेक क्षणहरु नारीका लागी बिषाक्त छन
जे गरे पनि आखिरमा त्यहि नारी नै रहन्छिन शुन्यतामा ।।

नारी तिमी एउटा रथको पाङ्ग्रा हौ भन्दै कुर्लिन्छ दुनियाँ
तर बोल्न सक्छौ हामी पनि चलाएर ज्वारभाटा यहाँ !!
कति पर्खिन्छौ, हामी सधै पिर अनि दुःखको भण्डार
छातीभरि पिर बोकी, आफ्नै जिबन पारी अंधकार!!

त्यसैले,,,,,,,

नारी कुनै सजाएर राखेको गुडिया होइन
नारी कुनै सिरानी र तन्ना होइन !!
नारी कुनै खुट्टाको जुत्ता होइन
नारी कुनै पाऊबन्दीको कठपुतली होइन!!

नारी मात्र बच्चा जन्माउने मेसिन होइन
चुलो र चौको मात्र उसको स्थान हैन!!
नारी डाडु र पुनिउ समाउने मात्र होइन
नारी त्यही हातले कलम र बन्दुक पनि चलाउनु सक्छिन!!

मिना बान्तवा “मृदु”

Related Posts

No related posts.

Install the ratings plugin

Popularity:
127 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: