Better to know NEWS

नेपाल विश्व सहयोग संघ द्वारा राजदूतलाई स्‍मृति पत्र

Published by Hamrosamaj on March 7, 2010

Proud Nepalis of the world, unite!

NEPAL ASSOCIATION FOR GLOBAL COOPERATION

Global Head Office: 1531 Russell St. #26

Berkeley, CA 94703

Phone: 510-323-6802    email: admin@nepalassociation.net website: www.nepalassociation.net

Date:  March 7, 2010

श्रीमान महामहिम राजदूत

डॉ. शंकर प्रसाद शर्माज्यु,

नेपाली राजदुतावास, वाशिङ्टन डि सी

बिषय: स्मृति पत्र

महामहीम राजदूतज्यु,

“विश्वभर छरिएर रहेका स्वाभिमानी नेपालीहरु एक होऔं” भन्ने मुलमंत्रका साथ क्यालिफोर्निया घोषणा पत्र सहित अगाडी आएको नेपाल विश्व सहयोग संघ छोटो समयमा नै आफ्नो संजाल विश्वभर फैलाउन सफल भएको छ । नेपाली जनताको अभुतपुर्व त्याग र वलिदानबाट प्राप्त ऐतिहासिक परिवर्तन सगै नयां नेपालको सपना साकार पार्न नेपाल भित्रै र नेपाल बाहिर छरिएर रहेका सम्पूर्ण नेपालीहरु एक हुनुपर्छ, तब मात्र हामी त्यो विन्दुमा पुग्न सक्छौं भन्ने मान्यता यस संघको रहेको छ। हाल सम्म अमेरिका च्याप्टर, नेपाल च्याप्टर, दक्षिण एसिया च्याप्टर, मध्यपुर्व तथा अफ्रिका च्याप्टर एबम संस्थापक राज्य क्यालिफोर्निया च्याप्टर गठन भइसकेको छ र कार्यक्रमहरु सन्चालन हुन थालेका छन। अस्ट्रेलिया र युरोप च्याप्टरहरु गठन हुने क्रममा छन। यस संस्थाको अमेरिका च्याप्टरले दिएको प्रतिबेदन अनुसार अमेरिका निवासी नेपाली समुदायको माझ तपसिलका गम्भिर समस्याहरु देखिएको र ती समस्याहरुसँग जुध्न सामुहिक र संस्थागत प्रयासको अपरीहार्यता भएको महामहीम राजदूतमा स्मरण गराउन चाहन्छौ।

१)     नेपालबाट घोषित “नेपाल भ्रमण वर्षलाइ” सफल बनाउन अमेरिका निवासी नेपालीहरुको व्यापक सहभागिता जुटाउन राजदूतावासले पहल गरोस्।

२)     अमेरिकामा रहेका प्राय सबै समुदायहरुको चार्टर स्कूलहरु भएको तर नेपाली समुदायको एउटा पनि चार्टर स्कूलहरु नभएकोले राजदूतावासले सम्बन्धित सरकारी निकायहरुसँग सवन्वय राखी स्कूल स्थापना र सन्चालन गर्न महत्वपुर्ण भूमिका निर्वाह गरोस्।

३)     नेपाल अमेरिका बीच सुमधूर् सम्बन्ध हुँदा हुँदै पनि केही अमेरिकी निकायहरुले नेपाली दस्ताबेजहरुको अवहेलना गरेकाले भविष्यमा यसबाट अप्रिय असर पर्ने कटु सत्यतालाई हृदयंगम गर्दै तत्काल कुट्नैतिक संवाद शुरू होस्।

४)     नेपाली मुलका अमेरिकी नागरिकहरु तथा नेपाली नागरिकहरुलाई राष्ट्रियताको आधारमा भेदभाव गरि सामाजिक न्यायबाट वन्चित गरिएको भन्ने गुनासोहरु आएकोले राजदुतावासले उचित पाइला चालोस्।

५)     नेपाली सामुदायिक केन्द्रहरु स्थापना गर्न प्रेरित गर्दै आवश्यक सहयोग गरियोस्।

६)     अमेरिकामा निवास गर्ने बालबालिकाहरुको लागि नेपाली भाषा र संस्कृति कक्षाहरु स्थापना र सन्चालन गर्न पाठ्यक्रम लगाएत अन्य सम्भव क्षेत्रमा सहयोग गरोस्।

७)     पश्चिम तटिय क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई राजदूतावासबाट सेवा लिन धेरै समय, अर्थ र अन्य सम्पुर्ण कारणहरुले कठिन भएकोले पश्चिम तटको लागि राजदुतावासले विशेष ब्यवस्था गरोस्।

अनुप श्रीवास्तव

संस्थापक महासचिव

नेपाल विश्व सहयोग संघ

Nepal Association for Global Cooperation (NAGC)

Related Posts

  1. “रक्की माउण्टैन फ्रेन्ड्स अफ नेपाल द्वारा ओम बिक्रम बिष्ट नाइट
  2. विश्व वैंकको तस्वीर प्रदर्शनीमा नेपाली राजदूत डा. शर्मा
  3. परदेशीको पत्र मायाँलुलाई
  4. नेपाल विस्व सहयोग संघका अध्यक्ष द्बारा राष्ट्रियताको खातिर एक हुन आव्हान
  5. नेपाल विस्व सहयोग संघ (NAGC) दोश्रो बर्षमा प्रवेश
  6. नेपाल विश्व सहयोग संघले रमझम हिमालि साझ गर्ने
  7. झोलुङे पुल निर्माण सम्बन्धी ज्ञापन पत्र

Install the ratings plugin

Popularity:
436 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.