Better to know NEWS

बिल क्लिन्टन लाइ नेपाल को चासो

Published by Hamrosamaj on March 8, 2010

बिल क्लिन्टन लाइ नेपाल को चासो –शेखर ढुङ्गेल

अमेरिका का पूर्व राष्ट्रपतिबिल क्लिन्टनलाइ नेपाल निक्कै मन पर्दो रहेछ . नेपाल ले अलिकति पनि कुटनैतिक चासो दिएको भए उनि रास्ट्रपति हुदा गरेका एसियाली देश हरु को भ्रमण को समय मा उनि नेपाल आउँने थिए । त्यस बेला नेपाल ले उनलाई नेपाल भ्रमण गराउन कुटनीतिक पहल गर्न सकेन ।

clinton तर उनकी पत्नी हिलारी र छोरी ले निजि भ्रमण गरेका थिए । हिलारी ले आफ्नो किताब मा नेपाल भ्रमण को बारेमा उल्लेख समेत गरेकी छिन . पूर्व राष्ट्रपति क्लिन्टन लाइ नेपाल मन परेको नेपाल देख्न चाहेको कुरो उनकै शब्द मा त्यस बेला निस्कियो जसबेला उनि महाभूकम्प पिडित हाइटीमा मानबिय सेवा पुर्याउन पुगेका थिए रka_ke.jpg त्यहाँ सयुक्त रास्ट्र संघ शान्ति शेना अन्तर्गत नेपाल प्रहरी को तर्फ बाट नेतृत्व गरेका उपरीक्षक यादब राज खनाल को बर्दी को कुम मा चन्द्र सुर्य अंकित नेपाल को बिशेष रास्ट्रीय झन्डा देखे उनि यादब तर्फ लम्के र सोधे तिमि नेपाल बाट हो ? यादब जी हो को जवाफ संगै खुशी हुँदै आफ्नो मनको कुरो खोलेका हुन् .

पुर्ब राष्ट्रपति बिल क्लिन्टन हाइटी को ऐतिहासिक स्थल CAP HAITIEN को भ्रमण क्रममा सुरक्षा जिम्मेवारी बोकेका प्रहरी उपरीक्षक यादब राज खनाल हाइटीमा form Police Unit( FPU ) from Nepal Police का पनि कमान्डर थिए . दुवै हातले उपरीक्षक यादब को हात समातेर खुसि हुँदै भने नेपाल निक्कै राम्रो छ मलाइ एकदम मन पर्छ . क्लिन्टन ले करिब १० मिनेट सम्म निक्कै उत्सुकता पुर्बक नेपाल सम्बन्धि जिज्ञासा राखे . कत्ति घण्टा को हवाई उडान हो ?

कहिले देखि नेपाली सुरक्षा फौज ले यहा काम गरिराखेको छ ? मात्रै सोधेनन . नेपाल को राजनैतिक समस्या अझै सुध्रेको छैन ? भनेर समेत सोधे . यथास्थिति र गम्भीर भएको सुन्दा उनले दुखेसो पोखे अनि छिट्टै सुध्रिने विश्वास र आसा व्यक्त गरे . नेपाल को राजनैतिक अस्तव्यस्तता ले नेपाल र नेपाली लाइ माया गर्ने बिस्वमा रहेका शुभचिन्तक हरु कत्ति को चिन्तित रहेछन भन्ने यो प्रतक्ष प्रमाण हो .।

उपरीक्षक यादब सीत को भेटमा क्लिन्टन ले नेपालि शेना र नेपाल प्रहरी ले सयुक्त रास्ट्र संघ अन्तर्गत पुर्याएको सेवा को उच्च मुल्यांकन र प्रससा खुलेर गरे . शान्ति प्रिय मुलुक नेपाल . प्रकृति को धनि नेपाल , बहादुर अनि मिलनसार नेपालि को बारेमा आफु र पत्नी हिलारी परिचित रहेको कुरो उनले बताएका थिए . क्लिन्टन कै शब्द मा ” I like Nepal very much .. Its beautiful Country …. I like .. ” What about Political situation in Nepal now?.. .. Everything ok ? .. ” How is Nepal now ? …. आदि आदि .

सानो देश भए पनि नेपाल ले प्रथम र दोस्रो युद्ध मा खेलिको महत्वपूर्ण भूमिका , र त्यस पछी सयुक्त रास्ट्र संघ अन्तर्गत शान्ति शेना मा सम्मिलित भै बिभिन्न मुलुक मा लामो समय गरेको उच्च स्तरीय कार्य ले नेपाल को प्रतिस्ठा बढेको प्रमाण थियो पूर्व राष्ट्रपतिबिल क्लिन्टन नेपाल को झन्डा देखेर स्वयम आइ परिचय सम्बाद अनि कमान्डर यादब लगायत सम्पूर्ण नेपालि युनिट सीत फोटो खिचाउनु . उपरीक्षक यादब राज खनाल को नेतृत्व मा १२५ जना सम्मिलित नेपाल प्रहरी को युनिट गत सेप्टेम्बर देखि हाइटी मा कार्यरत रहेको छ ।( अमेरिकी पूर्व राष्ट्रपतिबिल क्लिन्टन र प्रहरी उपरीक्षक यादब राज खनाल बिच भएको सम्बाद को आधार मा तयार पारिएको हो )

Related Posts

No related posts.

Install the ratings plugin

Popularity:
182 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.