समाचारहरु NEWS
It’s all about Hamrosamaj
Published by hamrosamaj on March 29, 2010
हाम्रो समाज किन र कसरी ?
वाध्यता, विवषता, रहर, मौका अथवा अन्य कुनैपनि परिश्थितिले होस आफनो मातृभुमि परिवार र पृयजनहरु देखि टाढा भै नँया देश नयाँ संस्कार नयाँ जिवन शैलि र नयाँ परिवेषमा हमीहरुले भोगेका दुःख समस्या र अनुभवहरुलाई एउटा साँझा चौतारीमा राखेर बाडन सकियो भने अब उप्रान्त आउने नव आगन्तुकहरुलाई पुःन त्यही दुःखको वाटो जानबाट रोक्न सकिन्थ्यो र उहाहरुलाई तपाई हाम्रा अनुभवहरुले थोरै भएपनि सहयोग पुर्याउन सक्दछ भन्ने उदेश्य राखेर यो “साँझा चौतारी” हाम्रोसमाजको स्थापना गरिएको छ ।
यो तपाई हामी सबैको साँझा चौतारी हो र यस्मा तपाई हामी सबैका यहा विदेशमा आएर भोगेका अनुभवहरुलाई प्रकासनका लागी योग्य शिष्ट शालिन र सभ्य भाषामा लेखिएको हुनुपर्ने छ र अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएका लेख रचना अनुभवहरुलाई प्राथमिकता दिइने छ र जानकारी मुलक लेख रचना समस्या र समाधानका उपायहरु लेखी पठाएर सहयोग गर्नु हुन हामी सबैलाई अनुरोध गर्दछौ र यथासक्य यस समाजमा समावेश गर्नेछौ ।
समाज सुधार र विकाशकालागी विभिन्न व्यक्ति समुदाय र संस्थाहरुवाट भएका हजारौ खाले कृयाकलापहरु मध्येको यो अर्को प्रयासलाई मेरो अभिन्न मित्र ध्रुव थापा (जो मेरो बीसौ बर्ष पुरानो परिवारिक र व्यवसायिक सहभागि समेत हुनुहुन्छ) जस्का बारेमा जति लेखेपनि कमै हुन्छ खास गरि उहाँको अध्यनशिलता र लगनशिलता उच्च प्रशंषा गर्न योग्य छ ।
उहाँ पत्रकारिता र साहित्यमा समेत उल्लेख्य कलम चलाउनु हुन्छ र गत बर्षमात्र वहा र अन्य क्यालिफोर्नियाकै बाशु ढकाल र अनुप श्रीवास्तवको रचनामा अल्टिमेट टार्गेट गीति एल्वम बजारमा आई सकेको र वहाँको कविता संग्रहसमेत चाढै बजारमा आउन लागेको जानकारि गराउदै आज यो हाम्रॊ समाजपनि वहाँ र मेरो आफनै सहभागितामा साँझा मन्चको रुपमा यहाँहरु सामु प्रश्तुत गर्नपाउदा धेरै खुशीलागेको जानकारी गराउदै यहाँहरुवाट यस प्रयासलाई सहयोग र सदभावको अपेक्षा गर्दै “हामीवाट” “हाम्रोलागि” को संकल्प सहित “हाम्रोसमाज” को नामले यहाहरु समक्ष उपश्थित भएका छौ ।
प्राविधिक व्यवस्थापन र खोजको कठोर काम धु्वजीले गर्नुहुन्छ र म चाँहि नाम मात्रको सहयोग गरेर सहभागि वनेको छु । स्यावासीको आशामा दौडको पछिल्लो पंङ्गतीमा लुरुलुरु धु्वजीको पछाडी लागेको छु । र आशा राख्दछु यस नेक तथा अति महत्वपुर्ण कार्यमा सहयोग, माया र हौसला पाउने आशा राख्दै चाढै अन्य विचारहरुका साथ यहाँहरुको सामु आउने वचन वद्धता जाहेर गर्दै र चाढै विविध विषयहरुका साथ यहाहरुलाईपनि यस मन्चको माध्यमवाट सामाजिक कार्यमा आउनुहुनेछ भन्ने विश्वासका साथ………………॥
जदौ
हरिहर दाहाल
hariharnp@yahoo.com
Related Posts
No related posts.


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....