समाचारहरु NEWS
काठमाडौंमा मृदुलका गजलको विमोचन
Published by Hamrosamaj on March 17, 2010
मृदुलका गजलको विमोचन
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र शिवपुरी साहित्य समाजको संयुक्त आयोजनामा काठमाडौं नेपालमा एक समारोहकाबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि। सी।बाट हालसालै प्रकाशित भएका तीनवटा पुस्तकहरुको विमोचन गरियो । उक्त कार्यक्रममा होमनाथ सुवेदीद्वारा संपादित हस्त गौतम मृदुलद्वारा लिखित गजल संग्रह ” मृदुलका गजल ” होमनाथ सुवेदीद्वारा लेखिएको पत्र साहित्य आप्रवासीका पत्रु एवं गंगा लीगलद्वारा लेखिएको खण्डकाव्य ममताको खास्टो को विमोचन गरिएको थियो । प्रमुख अतिथि आख्यानकार ध्रुवचन्द्र गौतमज्यूबाट यी तीनैवटा पुस्तकको विमोचन गरिएको थियो । गजल संग्रह मृदुलका गजलको वारेमा गजलसम्राट् ज्ञानुवाकर पौडेलले समीक्षा गर्नुभएको थियो । होमनाथ सुवेदीद्वारा लेखिएको पत्र साहित्य आप्रवासीका पत्रु नामक पुस्तकको बारेमा डा। कुमार कोइरालाले बोल्नुभएको थियो भने गंगा लीगलद्वारा लेखिएको खण्डकाव्य ममताको खास्टो को बारेमा श्रीमती गीता केशरीले समीक्षा गर्नुभएको थियॊ । मनोजजीले उद्घोष गर्नुभएको कार्यक्रमका सभापति वियोगी बुढाथोकी हुनुहुन्थ्यो ।
सोही समारोहमा अनेसासका आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र शिवपुरी साहित्य समाजले संयुक्त रुपमा डायास्पोरामा नेपाली भाषा र साहित्यको अनवरत सेवा गरेवापत अनेसासका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रस्ट्रीजका अध्यक्ष श्री होमनाथ सुवेदीज्यूलाईसम्मान पत्र पनि प्रदान गरिएको थियो ।
महाराजगंजस्थित रिचमण्ड बेकरी क्याफेमा आयोजित उक्त समारोहमा जलपान एवं रात्रीभोजको व्यवस्था पनि गरिएको थियो । कार्यक्रमको समापन अनौपचारिक गजल गायन एवं नृत्यको साथमा गरिएको थियो ।
गुहनाथ पौडेल काठमाण्डौं


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....