समाचारहरु NEWS

विपद् व्यस्थापनमा आमसाचार माध्यमको भूमिका

Published by Hamrosamaj on March 19, 2010

विपद् व्यस्थापनमा आमसाचार माध्यमको भूमिका

अनुशिक्षण कार्यशाला संवैधानिक संवाद केन्द्र नयाँबानेश्वर काठमाडौंचैत ६ २०६६

प्रेस विज्ञप्ति

सूचना तथा साचार मन्त्री शङ्कर पोखरेलले आमसाचार माध्यमले पूर्वसूचना प्रणालीको रुपमा ठूलो भूमिका खेल्न सक्ने बताउनुभएको छ ।

विपद् व्यवस्थापन पत्रकार समाज-नेपाल इको-नेपाल र अक्सफाम जीबी नेपालको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न ुविपद् व्यवस्थापनमा आमसाचार माध्यमको भूमिकाु विषयक एकदिने अनुशिक्षण कार्यशालाको उद्घाटन गर्नु हुँदै मन्त्री पोखरॆलले भन्नुभयो ुआमसाचार माध्यमले विपद् व्यवस्थापनमा भएका सकारात्मक प्रयासहरुलाई प्रबद्र्धन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत गर्नु पर्छ ।ु उहाँले विपद्को समयमा उद्धार कार्य आफैमा अर्को जोखिमपूर्ण हुने हुनाले स्थानीय समुदायलाई नै यस कार्यमा सजग बनाउनेतर्फ सबैका ध्यान जानुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्नुहुँदै अक्सफाम जीबी नेपालका विष्णु खरेलले आगामी बीस वर्षको अवधिमा नेपालका धेरैजसो हिमनदीहरु लोप हुन सक्ने खतरा रहेको जानकारी दिँदै आजसम्म पनि विपद् प्रभावित समुदायको सम्मानजनक रुपमा बाँच्न पाउनु पर्ने आधारभूत अधिकारको राज्यले प्रत्याभूत गर्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । सोही कार्यक्रममा प्रकोप पूर्वतयारी साजाल नेपालका अध्यक्ष डा। मीनबहादुर पौडेलले विपद् प्रभावितहरुको आवाज सम्बन्धित निकायमा पुर् याउन र विपद् व्यवस्थापन कार्यमा भएका कमजोरीमाथि खबरदारी गर्नको लागि समेत नेपाली आमसाचार माध्यमहरु सङ्गठित रुपमा लाग्नु पर्ने बेला आइसकेको बताउनुभयो ।

प्राकृतिक र मानव सिर्जित दुवैखाले विपद्को अत्यन्तै सङ्कटासन्न मुलुकको रुपमा रहेको नेपालमा विपद् व्यवस्थापनसँग सम्बन्धित समाचारहरुले आमसाचार माध्यममा स्थान पाउन सकेको देखिँदैन ।

बाढी पहिरोको मात्र कुरा गर्ने हो भने नेपालमा हरेक वर्ष ३५० जनाको ज्यान जाने र कम्तीमा ५० करोड रुपैयाँ बराबरको क्षति हुनेगरेको जलउत्पन्न प्रकोप नियन्त्रण विभागको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी अतिवृष्टि अत्यधिक जाडो तथा गर्मीका कारण फैलने विभिन्न महामारीजन्य विपद्का कारण प्रत्येक वर्ष एक हजारभन्दा बढीको ज्यान जाने गरेको देखिन्छ । इपीडीमीयोलोजी रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार गत वर्ष सुदुर र मध्यपश्चिमााचल विकास क्षेत्रका विभिन्न जिल्लाहरुमा फैलिएको झाडापखालाको महामारीका कारण ३४६ जनाको मृत्यु हुनुका साथै ६२०१६ व्यक्ति प्रत्यक्ष प्रभावित भएका थिए । त्यसो त तराई वर्षायामको सुरुवातसँगै डुबानको समस्या देखिनु कुनै नौलो कुरा होइन ।

प्रत्येक वर्ष जेठ असारदेखि असोजसम्म जल उत्पन्न प्रकोपका खबर र विश्लेषणहरु साचारमाध्यमहरुमा आउने गरे ता पनि प्रायः जसो खराब समाचार नै साचारमाध्यममा असल समाचार बन्नेगरेको आमसाचारविद् तोया गौतमको धारणा छ । उहाँले भन्नुभयो ुआमसाचारकर्मीले विपद्बाट भएको जनधनको क्षतिका कुरामात्र नगरी विपद् व्यवस्थापनमा विपद् पहिले विपद्को बेला र विपद्पछि तीनै चरणमा विशेष ध्यान दिई विपद् व्यवस्थापनमा सहयोग पुर् याउनसक्ने सामग्री प्रसारण प्रकाशनमा ध्यान दिनु जरुरी छ ।ु

मुलुकका विभिन्न साचारमाध्यमका करिब चार दर्जन साचारकर्मीको सहभागिता रहेको सो कार्यशालामा डा।मीनबहादुर पौडेल तोया गौतम चीराजीबी बस्नेतले विपद् व्यवस्थापनमा आमसाचार माध्यमको भुमिकाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

आयोजकको तर्फबाट

शारदा बश्याल ः ९८५१०७४२९२

रामचन्द्र न्यौपाने ः ९८५११०९८५

Related Posts

  1. प्रेस र साहित्यमा प्रवासी नेपालीको भूमिका

Install the ratings plugin

Popularity:
44 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.