समाचारहरु NEWS

हाम्रो समाज, हाम्रो गौरव Part 1

Published by on May 15, 2010

“Dhruva”, हाम्रो समाज हाम्रो गौरव आज हामी जहा वस्छौ त्यही एउटा समाजको निमार्ण हुन्छ चाहे त्यो आफनो जन्म भुमिमा होस या कर्म भुमि । हामी मानव जातिको इतिहासलाई हेर्ने हो भनेपनि यहि देखाउद छ कि देश काल परिश्थिति अनुसार मानीसको वास स्थान र परिवेश परिवर्तन हुने गर्दछ र त्यहि नया परिवेश देश कालको लामो अन्तरालमा नया न भएर आफनो हुने गर्दछ र त्यही आफनोपनमा मानिसले जहिलेपनि आफनो पनको र आफन्तको खोजी गर्दछ र त्यहा हाम्रो समाजको निमार्ण हुने गर्दछ । 
त्यसैको फलस्वरुप यो हाम्रो समाज आज विश्वको हरेक देशहरुमा निर्माण भई रहेको छ र त्यसैको परिणाम स्वरुप विश्वको हरेक देशमा रहेका हाम्रो समाजले आफनो पहिचान आदर्श भाषा साहित्य सस्कृति र चाँढ पर्वहरुलाई भुल्न सकिरहेको छैन र सक्नेपनि छैन। जस्को ज्वलन्त उदाहरण आज विश्व संजालमा निस्किएको अनलाई पत्रिकाहरुमा विश्वको हरेक कुनामा दिन प्रतिदिन गठन भईरहेको संघ संस्थाहरु र त्यसमा आवद्धभएका परिवारले विविध साँस्कृतिक जातिय तथा चाँड पर्वहरु मनाउने गरेको समाचार आज प्रकासमा आइरहेको छ । र साथै विश्वको कुनै कुनामा वसेतापनि आफनो देश प्रति इमान्दारिताकासाथ माया र प्रेम देखाइरहेकाछन् । यो मानविय स्वभाव हो मानव एक सामाजिक प्राणि भएको नाताले उ जहिलेपनि आफनो समाजमा रमाउन चाहन्छ र नै हाम्रो समाजको जन्म हुने गर्दछ । यो हाम्रो समाजपनि त्यही समाजहो जस्ले आफनो ठानेर माया ममता दिएर मल जल लाएर आज यस स्थान सम्म आउन मदद पुर्याएको छ । त्यसैले आज हाम्रो समाजले अरु कसैको नभएर आफनो बनेको छ र त्यही आफनो पन बाडन हाम्रो समाजका हरेक सदस्यहरु ज्ााे आज विभिन्न स्थानमा विभिन्न पेशामा र विभिन्न परिस्थितिमा वसीरहेका छन् सवैलाई आफनो मनका गुनासाहरु दुखेसोहरु र हाम्रो समाजमा आईपरेका हरेक शुख दुःखहरु व्ाडेर मन हल्का वनाउन हरेकलाई आहवान गर्दछ । यो हाम्रो समाज हो यस्को विकास मर्यादा र एकतालाई वचाई राख्न हामी फुटेर हैन जुटेर अघि वडनुपर्छ चाहे हाम्रो समाजमा रहेको कथाहरु फरक होलान् तर भावणा हामी सवैको एउटै छ पहिचान हामी सवैको एउटै छ र एउटै छ आफनो मातृभुमि र आफन्त देखि टाडा रहेको वेदना र छटपटिहरु । यसैले आँऔ आज हामी सबै हाम्रो समाजमा रमाऔ हरेक शुख दुःख संगै वाडौ । र आफनो मनका वेदनाहरु भ्ावणाहरु हाम्रो समाजमा पोखौ कसैको कुरा काटन हैन तर कसैलाई वाटो देखाउन कसैको पेटमा लात हान्न हैन तर उस्को मानसिकतालाई एकक्षण भएपनि सितलता प्रदान गर्न आऔ हामी सबै हाम्रो समाजमा । किनकि यहा सवैले आफनो पनको महस ुस गर्न पाउनु पर्छ यहा सवैले राम्रो बाटो पहिलाउन पाउनुपर्छ अन्जान गोरेटोमा हिडिरहेका नया सदस्यले सहि मार्ग दर्शन पाउनु पर्छ र पाउनुपर्छ यहा हुर्किदै गरेका हाम्रा समाजका हरेक बाल बच्चा र युवाहरुले आफनो सहि पहिचान र अस्तित्व । तव मात्र हाम्रो समाज पुर्ण हुने छ र हुने छ एउटा सम्पन्न सम्मानित र मयार्दित समाज । आऔ आजै देखि हाम्रो समाजको निर्माणमा एक एक चप्परी माटो भएर मिलौ र सगरमाथा जस्तै उच्च बनौ र हरेकको विवेक रज्योतिलाई मिलाई वुद्धको जस्तै ज्योति फैलाउने हाम्रो समाजको निर्माणमा हामी एक भएर जुटौ । साथै यहाको समाज र हाम्रो समाजमा एउटा दरिलो पुलको निर्माण गरौ ताकि हामी यस देशमा रहेका हरेक नागरिकसित आत्मियताको मित्रताको र भाइचाराको साईनो गास्न सकौ । तव मात्र हाम्रो समाज पुर्ण हुने छ तव मात्र हाम्रो समाज मयार्दित हुने छ । यस्को गरिमा र मर्यादालाई बचाइ राख्ने हामी सबैको साँझा दायित्व र कर्तव्य हो । अनि कर्तव्य हो हाम्रो समाजको हरेक नागरिकको स ुख र दुखसाथमा वाडने संगै रमाउने र सबैको भलो चाहने । अस्तु  ” हाम्रो समाज हाम्रो गौरव”

Related Posts

  1. हाम्रो समाजलाई वेव पत्रकारिता पुरस्कार २०१०
  2. होली: हाम्रो मस्तको चाहाड !- अनन्तगोपाल रिसाल
  3. तमू समाज कुवेतको ल्होसार पर्व भव्यताका साथ सम्पन्न
  4. तमु-समाज लस एन्जलसको ल्होछार कार्यक्रम सम्पन्न
  5. तमु धि समाज कोलोराडोद्वारा आयोजित आठौ ल्होछार कार्यक्रम
  6. हाम्रो संस्कृति हाम्रो मान, सबै मिली गरौ यस्को सम्मान”
  7. न्यान्सको कार्यक्रम र हाम्रो दायित्व
  8. द हृवाट जोन प्रस्तुत गर्दछ “हाम्रो संस्कृती हाम्रो संगम”

Install the ratings plugin

Popularity:
220 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

Interview with Hamrosamaj.net\'s Founder/Chief Editor by Chet Bhattarai for Motherland Nepal

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....
Content Protected Using Blog Protector Plugin By: Make Money.
Follow

Get every new post on this blog delivered to your Inbox.

Join other followers: