साहित्य(कबिता, कथा, लेख) NEWS

गजलः श्याम रोक्का

Published by Hamrosamaj on March 27, 2010

गजलः

बिछॊडकॊ पीडा सम्झीएर,अबिरल रून्छु म ।।

पुनर्मीलनकॊ आशा सधैँ,मनभरी गुन्छु म ।।

परदेसी हुन पुगेँ,सुनौलॊ सपनाहरू साँचेर

दिनरात दुःख सहेर नि,प्रेमपथ चुन्छु म ।।

दुःखपछि सुख भन्थे,खट्नै भनि परदेसीयँ

बिदेसीकॊ नॊकर भइ,धेरै गाली सुन्छु म ।।

शान्त छैन मन मेरॊ,निन्द्रा र भॊक पनि

माया खॊज्दै यताउती,भौत्तारीएकॊ हुन्छु म।।

प्रचण्ड गर्मीमा खटेँ,श्यामबर्ण मुहार पार्दै

मायालाइ चिनॊ दिन,जाली रूमाल बुन्छु म ।।

Related Posts

  1. नब बर्ष उदय भयॊ -श्याम रॊक्का
  2. गजल (श्याम रॊक्का)
  3. श्याम रॊक्काका गजल संग्रहबाट केहि गजलहरू………
  4. मेरा नयाँ गजलहरूः श्याम रॊक्का
  5. रातैभरी सुत्नै सकिन अनि रॊहिरहेँ…..(श्याम रॊक्का)
  6. १४ अञ्चल (श्याम रॊक्का)

Install the ratings plugin

Popularity:
84 views
Comments:
None
Toolbar:
add your comment add this to delicious add this to digg share this on facebook Stumble this item

2011 Festival of Remembrance

promo 5

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....

हम्रोसमाजले लिएका केहि अन्तर्वार्ता हरु....आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....

हालै प्रकाशित, लेख, रचना, समाचारहरु

Content Protected Using Blog Protector Plugin By: Make Money.