समाचारहरु NEWS
नेपाल विश्व सहयोग संघको सभा तथा कोइराला प्रति श्रद्धान्जली कार्यक्रम
Published by Hamrosamaj on March 31, 2010
नेपाल विश्व सहयोग संघको सभा तथा कोइराला प्रति श्रद्धान्जली कार्यक्रम
क्यालिफोर्निया संबाददाता, यहि आइतबार मार्च २८ मा बर्केले को रुस्सेल अपार्टमेन्टमा नेपाल विश्व सहयोग संघको बार्षिक साधारण सभा तथा युग नायक गिरिजा प्रसाद कोइरालाको स्मृतिमा एक श्रद्दान्जली सभाको आयोजना गर्यो। उल्लेख्य व्यक्तिवहरुको उपस्थितिमा सम्पन्न सो कार्यक्रमको सभापतित्व सस्थाका सस्थापक अध्यक्ष मणी नेपालि पनेरुले गर्नु भएको थियो। सस्थाका सचिव रबिन्द्र पाण्डेले सन्चालन गरेको सो सभामा अध्यक्ष पनेरु, महासचिव अनुप श्रीवास्तव,उपाध्यक्ष बिनोद भट्ट, यान राइ , प्रिस्किला दाहाल, सोनिया के.सी , प्रवक्ता हरिहर दाहाल तथा निर्देशकहरु आमोद पोखरेल, बैकुण्ठ खनाल, कोषाधक्ष ध्रुब राज गिरी, इस्वर सापकोटा,हाम्रो समाज डट नेट का सम्पादक ध्रुव थापा तथा विश्व भट्टले स्वर्गिय कोइरालाको तस्वीरमा पुष्पान्जली अर्पण गर्नु भएको थियो।
एक मिनेट मौन धारण गरेको सो कर्यक्रममा नाफ्काका निवर्तमान अध्यक्ष उद्दव गिरि, पन्डित वासु देव घिमिरे, माकेन्द्र बहादुर सिंह, मदन गिरि, मनु थापा लगायतका महानुभावहरुले श्रद्दन्जली अर्पण गर्नु भएको थियो। सो सभालाई सम्बोधन गर्दै सस्थाका उपाध्यक्ष बिनोद भट्टले महानायक कोइरालाको योगदान बारे प्रकाश पार्नु भएको थियो। “सम्पुर्ण नेपालिहरुका साझा अबिभावक बन्न पुगेका स्वर्गिय कोइराला नेपाली आकाशमा एक उज्ज्वल नक्षत्र बनेर चम्किरहेने छन्” श्री बिनोद भट्टले भन्नु भयो। नेपालि एकता, पहिचान र सम्ब्रिद्दीको मुल मन्त्र लियर जन्मेको नेपाल विश्व सहयोग संघ राष्ट्रियतालाई अत्यन्त महत्व दिने सस्था भएकोले स्वर्गिय कोइरालालाई एक महान राष्ट्र नेताको रुपमा सम्झिराखने सो सस्थाका महासचिव अनुप श्रीवास्तवले बताउनु भयो। सो सस्थाले यस अघि नै कोइरालाको निधनमा शोक वक्तव्य पनि निकालेको थियो।
संस्था को साधारण सभामा महा सचिव श्रीवास्तवले हाल सम्म को कार्य बिवरण र संस्था ले गरेका काम हरु, यसका अन्य देश हरुमा खोलिएका च्याप्टर हरु र नेपालमा भौतिक कार्यालय भएको र हाल सम्म संस्था ले कहाँ कहाँ के कस्ता कार्यक्रम हरु गरेको छ सो को बिस्तृत रिपोर्ट दिइएको थियो, साथै संथाका संस्थापक अध्यक्ष पनेरुले भाबी योजनाहरु को बारेमा प्रकाश पर्दै यस संस्थालाई अब का दिनहरुमा कसरि लाने भन्ने बारे सबैलाई छलफल गर्न समेत आग्रह गर्नु भएको थियो। सोहि छलफल को क्रममा भिभिन्न व्यक्ति हरुले आफ्नो धाराणाहरु राखेका थिए भने भाबी कार्यक्रम हरु बौद्धिक स्तरको र अलिक फरक खालको गर्ने बिषयमा समेत छलफल भएको थियो । संस्था का कोषाध्यक्ष ध्रुव गिरिले बार्षिक आय व्यय प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो र कार्यक्रम को अन्तमा अध्यक्ष पनेरुले चाडै भाबी योजनाहरु र कार्यक्रमको जानकारी गराउने बचन बद्धता क साथ कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो।
Related Posts
- बर्कलीमा द ह्वाईट जोनको आयोजनामा कोइरालाप्रति श्रद्धान्जली कार्यक्रम
- एनआरएनयुकेमा स्वर्गीय कोईरालाको श्रद्धान्जली कार्यक्रम
- लस एन्जलसमा कोइरालाप्रतिको श्रद्धान्जली कार्यक्रम
- शिकागोमा कोइरालालाई श्रद्धान्जली
- नेपाल विश्व सहयोग संघ द्वारा राजदूतलाई स्मृति पत्र
- नेपाली पत्रकारितामा नयाँ जोशको खांचो: भारत दत्त कोइराला
- नेपाल विस्व सहयोग संघका अध्यक्ष द्बारा राष्ट्रियताको खातिर एक हुन आव्हान
- लस एन्जलसमा नायिका मनिषा कोइराला


Thank you for your visit, always visit hamrosamaj.net to get uptodate information of our community, (want to submit articles,contribute, advertise?) please contact: hamrosamajnet@gmail.com






आदरणीय पाठक तथा हम्रोसमाज लाइ सधै माया, हौसला दिनु हुने सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहारू, यहाँ हरुकै इच्छा अनुसार केहि विडियो अन्तर्वार्ताहरु यहाँ संकलन गरिएको छ हेर्न न भुल्नु होला. साथै केहि प्रतिक्रिया भए लेखन समेत आग्रह गर्दछौ.....