Editorial
हाम्रो समाज हाम्रो गौरव
Dhruva Thapa
Chief Editor /Founder hamrosamajnet@gmail.comहामी जहाँ जसरी वसेतापनि, हामी जहाँ जसरी बाचेतापनि, हामी जँहा जुनै परिश्थितिमा रहेतापनि, सधै हामी आफनै पनमा रमाउन चाहन्छौ आफनैपनमा हराउन चाहन्छौ र सधै आफनो अश्तित्व, पहिचान र गौरव गाथाहरुलाई साकार बनाउन लागी रहन्छौ । यहिनै हाम्रो विशेषताहो, यहिनै हाम्रो पहिचान हो । यसैले त ईतिहासले हामीलाई विरताको तक्मा लाईदिएको छ हाम्रो निधारमा इमान्दारीताको छाप लगाई दिएको छ । र हाम्रो मनमा बुद्धकोझै शान्ति दुतको आभाष सधै विश्वले खोजीरहेको रहेको छ हाम्रो मन र मश्तिस्कमा । यसैले त हामीले जहिलेपनि, जहाँपनि माया, स्नेह र विश्वास पाएका छौ । एउटा सोझो नेपालीको उपनाम पाएका छौ ।
त्यहि नामलाई जोगाउन देश र विदेशमा रहेका हरेक नेपालीको धडकनमा सत्यता निश्चल्ता इमान्दारिता र कर्मठता हरेक स्थानहरुमा प्रश्फुटित भईरहेकै हुन्छ । साथै हामी “अतिथी देव भव “र “सेवानै धर्म हो” जस्ता वचनलाई मन, बचन र कर्ममा समाहित गरेर हिडन रुचाउछौ । जहिलेपनि आफु भन्दा ठुलोको आदर गर्ने, सानोलाई माया गर्ने र न जान्ने न बुझनेलाई अर्ति उपदेश दिन रुचाउछौ । हरेकको दुःखलाई आफनै ठानेर दुख शुख बाडने गर्छौ र सदा सर्वथा निश्वार्थ भावणाले अरुको सेवा गर्न तत्पर रहन्छौ ।
यहि हाम्रो पहिचान हो, यहि हाम्रो परिभाषा हो, यहि हाम्रो अश्तित्व हो र यहि हाम्रो पहिचानपनि हो । यसैले त विश्वले नेपाल र नेपालीलाई माया गर्छन् । यहि माया हामीले हिमालझै उच्च र हिमझै स्वच्छ र सादा राख्न सक्नुपर्छ । तव मात्र हामी आफनो पहिचान लिएर आफनो अश्तित्व लिएर विश्वको कुनैपनि कुनामा रमाउन सक्छौ । हाँस्न सक्छौ अनि रमाउन सक्छौ ।
यो हाम्रो समाजपनि त्यसैको उपज हो । यस्मा हामी सबैले मिलेर बस्नु छ । हरेकले एक अर्कामा आईपरेका हरेक कृयाकलापमा हातेमालो गरेर टुटेर र फुटेर हैन तर एक जुट भएर अघि बडनु छ । हरेकलाई आफनो ज्ञान क्षमता र विवेकले भ्याए सम्म सहयोग र साथ दिनु छ । त्यहि साथ दिने साँझा चौतारीको नाम हो हाम्रो समाज । यहाँ हामी सबैले हातेमालो गरेर रमाउन पाउनुपर्छ । यहु हामी सबै एकजुट भएर हिडन पाउनु पर्छ । र हरेकको शुख दुखमा एक भएर साथ दिनुपर्छ । तवमात्र हाम्रो समाज एक आर्दश समाज भएर विश्वको हरेक कुनामा गरिमामय भएर बाँच्न सक्ने छ ।
यसर्थ “म” बाट “हामी” हुदै यो विश्व समुदायमा आफुलाई उभ्याउन हामी सबैले एक अर्कालाई सहयोग, माया, स्नेह र सदभावना वाडनुपर्छ तव मात्र हाम्रो समाज तपाई हामी सबैको हृदयमा बस्न सक्ने छ । यसैले आऔ हामी सबै मिली यो हाम्रो समाजलाई एउटा आर्दश समाज बनाउने मार्गतिर लागौ। जहाँ सबैको समान अधिकार होस सबै जाति भाषा धर्म सस्कृति आश्थाको समान कदर र इज्जत होस । जहाँ हामी सबै एउटै आँगनमा उभिएर नाँच्न गाउन सकौ । यसैले हाम्रो समाजको सम्पुर्ण सदस्यहरु मिलेर एउटा आर्दश र गरिमामय समाज निर्माण गर्न जुटौ ।
आफुलाई मनमा लागेका कुराहरु, भावणाहरु. लेख. रचनाहरु. विचारहरु. सुझाव र सल्लाहहरु यस हाम्रो समाजमा संकलन गरेर एक अर्कामा बाडौ । भनिन्छ ज्ञान र विवेक बाडेर कहिले सकिदैन त्यो त झन बडेर जान्छ यसैले आऔ हामी सबै मिली आफनो ज्ञान, विवेक, दक्षता र मनका भावणाहरु यस मार्फत हाम्रो समाज सम्म पुर्याउने प्रयासमा लागौ । आफुमा भएको शिप र ज्ञानलाई बाडेर आफुमा भएको अनुभवहरुलाई सबैसित साटेर यो मनलाई हल्का बनाऔ किनकी यो हाम्रो समाज हो यहाँ हामी सबैको दायित्व र कर्तव्य बराबर रहेको छ ।
साथै आफनो समुदायमा भएको हुन लागेको र हुनेवाला सम्पुर्ण कृया कलाप यस मार्फत हाम्रो समाजमा पुर्याउन सकौ तव मात्र हाम्रो समाज सफल हुने छ तव मात्र हाम्रो समाजको उदेश्य काम कर्तव्य पुरा हुने छ । हामी सबैको सहभागितानै हाम्रो समाजको विकास हो । र हाम्रो समाजको विकासनै हाम्रो गौरव हो ।
आदरनिय पाठकहरुलाई हार्दिक आग्रह
हामी यहाँहरुलाई हाम्रो समाजमा तल दिईएका विषय वश्तुहरुमा आफना अनुभवहरु लेख रचनाहरु र जानकारी मुलक तथा खोज मुलक लेखहरु प्ठाई सहयोग गर्नुहोला । हामी सधै यहाँहरुको विचारलाई हाम्रोसमाज मार्फत विश्व सामु पुर्याउने प्रतिवद्धता जाहेर गर्दछौ।
विषय वश्तुहरुः
- नयाँ विध्यार्थीहरु र वहाँहरुका दैनिक जीवनमा आईपर्ने समस्याहरु
- विध्यार्थी जीवन र नयाँ देश नया परिवेषमा भोगेका तिता मिठा घटनाहरु
- डी. भी. परेर आएका नया परिवारहरु र वहाँहरुको भोगाई वारेमा
- अन्य भिषा अन्तरगत यहाँ आएर पाएका तथा गुमाएका अवसरहरु
- भुटानी समुदायका नेपालीहरु , हालै यस समाजमा वडिरहेकाछन्
- विभिन्न पेशामा कार्यरत समुदायहरुको आफनै कथा र व्यथाहरु
- नयाँ पिढीलाई दिने अर्ति उपदेश र मार्ग निर्देशनहरु
- कानुन, शिक्षा, मेडिकल, कम्युटर, विमा, बैंकिग सम्वन्धि जानकारीहरु
- संघ -संस्थाकावारेमा परिचय कार्यक्षेत्र र जानकारीहरु
- अन्य विविध विषयहरुमा जानकारी मुलक लेख रचनाहरु ।
- साहित्यिक लेख रचना कथा कविता जीवनी अन्तर्वाता इत्यादि ।
ईंग्लिश तथा नेपाली दुवै भाषामा प्रकाशनका लागि पठाईएका लेख रचनाहरु प्रकाशन गर्ने नगर्ने अधिकार हाम्रोसमाजमा निहित छ। साथै यहाँ प्रकाशित भएका लेख रचनाहरु अन्य वेब पत्रीकामा प्रकाशन गर्दा सभार खुलौनु पर्नेछ। साथै लेख रचनाहरु मा अभिब्यक्त गरिएका बिचार हरु लेखक स्वयम्को हुनेछ र हाम्रोसमाज ति बिषयकोहरु जिम्मेवार हुने छैन, धन्यवाद हाम्रोसमाज परिवार .
English तथा नेपाली दुवै भाषामा प्रकाशनका लागि पठाईएका लेख रचनाहरु प्रकाशन गर्ने नगर्ने अधिकार हाम्रोसमाजमा निहित छ। Chief Editor, Hamrosamaj.net
स्वस्थ समाज हाम्रो समाज
Harihar Dahal
Public Relation Officer/ Founder harihardahal@gamail.com व्यक्तिको विचार व्यवहार र चरित्रका आधारमा उसको व्यक्तित्व बन्दछ । उ साह्रै छुद्र, लोभी छ, दुष्ट छ, अपराधी छ क्रुध छ ,पापी छ ,दोधारे छ कचकचे छ अथवा उ राम्रो छ, अशल छ ,परोपकारी छ, सहयोगी छ, सह्दयी छ ,मिलनसार छ अथवा अन्य थुप्रै खाले नामका पछाडी झुण्डिने संज्ञाहरु व्यक्तिको व्यवहारमा आधारित रहेका हुन्छन् । एउटा असल अथवा खराब मान्छेको चरित्रको आधारमा परिवार तथा िसंगो समाज नै प्रभावित भएको हुन्छ । फलानो क्षेत्रको मान्छे भन्ने वित्तिकै मान्छेहरु हच्किएर उ संग ब्यवहार गर्न डराउछन् अथवा फलानो क्षेत्र वा समुहको मान्छे भन्ने बित्तिकै उसलाई विश्वास गरिन्छ र उ संग व्यवहार गरिन्छ । यसरी व्यक्तिको प्रभाव बाट समाज र क्षेत्रलाई हेर्ने दृष्टीकोणको विकास भएको हुन्छ ।यहाँ मैले उल्लेख गर्न खोजेको प्रशंग के भने अमेरिकामा पनि नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढ्दै गैरहेको छ र त्यो बन्दै गरेको समाजको प्रारुप कस्तो बन्ने हो यो अझै भविष्यको गर्भमा छ । विभिन्न परिस्थितीबाट पलायन भएर विदेशमा बसेका हामीहरु राम्रो अथवा नराम्रो समाजको निर्माणका लागि ऐतिहासिक तथा चुनौतिपूर्ण जिम्मेवारी नचाहेर पनि लिनु पर्ने परिस्थीति को अनुक्रममा छौं । हाम्रो प्रत्येक कृयाकलाप र ब्यवहारले हाम्रा छोरा-छोरी र सन्तानहरुलाई हेर्ने दृष्टीकोणको प्रारुप तयार भै रहेको हुन्छ । एउटा नेपालीले गरेको गल्ती र फट्याँईका कारण अर्को नेपालीलाई हेर्ने दृष्टिकोण बनिरहेको हुन्छ । त्यसैले इतिहासको यो संगीन मोडमा हामी सवैले सवैका कृयाकलाप र ब्यवहारलाई नजिकबाट हेर्दै उदाहरणीय समाजको निर्माण अभियानमा अग्रसर हुन सम्पूर्ण नेपालीहरुलाई हाम्रो समाज अपिल गर्दछ ।
हाम्रा सम्भावित जिम्मेवारीहरु
- नेपालीले नेपालीलाई अथवा अन्य कुनै पनि जातिलाई गर्ने व्यवहारलाई नजिकबाट हेर्नुहोस् र उसले आफ्नो व्यक्तिगत फाइदाका लागि अर्कोको विवशताको फाइदा उठाउँदै छ भने त्यसलाई तुरन्त रोक्नुहोस् र निस्वार्थ सहयोग गर्न प्रेरित गर्नुहोस् ।
- तपाईले आफ्नो क्षमताले भ्याएसम्म चिने वा नचिनेका मान्छेहरुलाइृ ह्दयबाट नै सहयोग गर्नुहोस् सहयोग गर्ने प्रयास गर्नुहोस सहयोग गर्न सक्ने श्रोत वा व्यक्ति जुटाइदिनुहोस अथवा सहयोग गर्न नसकेकोमा क्षमा माग्दै उसको दुःखमा आफुलाई राखेर सहयोग गर्न नसक्ने मजवुरीको खुलासा गर्नुहोस् ।
- भौतिक तथा आर्थिक रुपले सम्पन्न हुँदैमा कुशल मान्छे बन्न सकिदैन । रुखो ब्यवहार र अहंकारले पस्किएकेा मिष्ठान भन्दा मिठो मुखले दिएको पानी मिठो हुन्छ । तपाईको गरिबी र अज्ञानताका आधारमा तपाईको सामाजिक उचाई नाप्नेहरु पाखण्डी हुन । त्यस्ता प्रवृत्तिका ब्यक्तिहरुबाट बनेको समाज खोक्रो हुन्छ र कलंङ्कित हुन्छ । अभाव गरिवी र अशिक्षित हुनु अभिषाप होइन । अवसरबाट ठगिदैमा दोश्रो दर्जाको भनिनु वा बनाइनु अपराध हो । त्यसैले अभाव र गरिवीमा हुनुहुन्छ भने आफ्नै परिस्थितिका बारे नढाँटी बताउनुहोस् र आफुसंग उपलब्ध भएको सुविधा र श्रोत मात्रको प्रयोग गरी अरुलाई सहयोग गर्नुहोस । ऋण काढेर महङ्गा लुगा लगाउनेहरु संधै नाङ्गा हुन्छन् ।
-
अर्काको सफलता छ खुशीमा संधै हाँस्नुहोस् । अर्काको दुःख र पिडामा सहभागी बन्दै सान्त्वना तथा ढाडस दिनुहोस । खुट्टा तान्नेहरु तथा अर्काको दुःखमा हाँस्नेहरु पाखण्डी हुन् । त्यस्ता छुद्रहरुको बाहुल्य रहेको समाज कलंकित हुन्छ ।
धर्म रङ्ग जात तथा लिङ्गका आधारमा पक्षपात गरी ब्यवहार गर्नेहरुलाई निरुत्साहित गर्नुहोस र आफुचाँही त्यस्तो संकिर्णता भन्दा माथि उठेर ब्यवहार गर्नुहोस । मानवीय सहयोगलाई धार्मिक तथा जातीयताका आधारमा छुट्टयाएर गरिने भेदभाव अपराध हो । यस्ता संकिर्णहरुलाई मानव धर्म भन्दा अरु कुनै ठुलो धर्म हुँदैन भनी सम्झाउँदै सहयोगमा शर्त नराखी उदार हुने अनुरोध गर्नुहोस् । - धन-दौलत सम्पन्नता उच्च शिक्षा सुन्दरता शक्ति र पदका आधारमा आफुले-आफैंलाई ठूलो मान्छे र विशेष मान्छे संझिएर अवसर र परिस्थितीबाट हेपिएकाहरुलाई दोश्रो दर्जाको मान्छे ठान्नेलाई निरुत्साहीत गर्दे उनीहरुलाई सफलताको अहंकारको मात त्यागेर ुफलेको बृक्षको हाँगो नझुकेको कहाँ छ रु भन्ने सत्य बाटो देखाउने प्रयास गर्नुहोस र बारम्बार अ।हकार दोहोरीरहेमा त्यस्ता प्रवृत्तीका मान्छेहरुलाई समाज बाट नंग्याएर एक्लो बनाउनुहोस् । यस्ता मान्छेहरु मिली बनेको समाज ढोगी हुन्छ ।
- घमण्ड रिस आवेग र क्रोधले मान्छेलाई संधै कमजोर बनाइरहेको हुन्छ । उदारता महानता संयमता र धैर्यताले मान्छेलाई सम्मानित बनाउँछ । यस्ता सम्मानीत मान्छेहरु मिलेर बनेको समाज उदार र सहयोगी प्रवृतिको हुन्छ । मै खाउ मै लाउँ सुखसयल वा मोज मै गरुँ अरु सव मरुन दुर्वलहरुू भन्ने अवसरवादीहरुलाई निरुत्साहित गर्नुहोस् ।
-
आफ्नो भाषा संस्कृती परम्परा रीतिरीवाज चाडपर्व र जातिय भेषभुषाको जगेर्नार्ा गर्नुहोस् । परिचय विनाको अस्तित्व शुन्य हुन्छ । संसारका प्रत्येक जाती र संप्रदायको आ-आफ्नै परिचय र पहिचान छ । हामी नेपालीहरु पनि संसारभरी यिनै गरिमामय संस्कृती र सभ्यताका आधारमा सम्मानित छौं र यो परिचय हाम्रा सन्तानहरुमा रुपान्तरण भएर जानु पर्दछ । अनेकतामा एकता हाम्रो अर्को परिचय हो । आमा झण्डा मातृभुमी पुर्खा परम्परा र संस्कृती विस्रनेहरुको समुहले बनेको समाज को अस्तित्व हुँदैन र त्यो संस्कार नभएकेा समाजसँग विलय भएर जान्छ र इतिहासबाट हराउँछ । त्यसैले अब बन्ने समाजको पूर्व स्वरुप तपाईका प्रत्येक कृयाकलापहरुले तय गरिरहेको हुन्छ र यस स्वास्थ समाज निर्माणको ऐतिहासिक यात्रामा तपाईको प्रत्यक्ष सहभागिता र समर्थन रहोस् भनी अमेरिका भरी छरिएर वस्नुहुने सम्पूर्ण नेपालीहरुमा हाम्रो समाज विनम्र अनुरोध गर्दछ ।
- नोटः म आफैमा बौद्धिक र जानिफकर होइन । आफ्ना भावना र विश्वासलाई समेट्ने प्रयास मात्र गरेको हुँ । मेरो भनाइमा देखिएका भाषिक अशुद्धता र कमजोरीहरुलाई प्रयास भनी क्षमा गर्नुहुनेछ । अमेरिकामा नेपालीहरुको संख्या जुन गतिले विकास हुँदै गई रहेको छ त्यसले जानी-नजानी एउटा नेपाली समाजको जन्म गर्ने छ र त्यो समाज नमुना समाज बनोस भन्ने मात्रको आशय ब्यक्त गर्ने प्रयास गरेको हुँ । विज्ञ र ज्ञानीहरुबाट चलाईने कलमहरुले यस विषयमा अझ बढी लेख्नेछन् भन्ने विश्वास लिएको छु ।

